काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मुगुमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले मुगुको गमगढीमा आफ्नो ११०औं शाखा सञ्चालनमा ल्याएको हो ।
उक्त शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य रहेको बैंकले जानकारी दिएको छ ।
हालसम्म बैंकले ११० वटा शाखा, ९८ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिदै आइरहेको छ ।