काठमाडौं । माछापुच्छ्रे बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने सम्झौता गरेका छन् । सो सम्बन्धी बैंकले उक्त ग्रुपसँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा माछापुच्छे् बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जुकुमार थापा तथा सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिटालिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे ।
माछापुच्छ्रे बैंकका ग्राहकहरूले सिद्वार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी अन्तर्गतका देशका बिभिन्न स्थाहरुमा रहेका होटल, रेष्टुरेण्ट, रिसोर्ट तथा क्याफेले प्रदान गर्ने सेवाहरुमा छुट पाउनेछन् ।
बैंककोे डेबिट/क्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनै पनि प्रकारका कार्ड वाहकहरूले उक्त छुट प्राप्त गर्न सक्ने जनाएको छ ।