Connect IPS
IME Life

सजिलो मिल्सले भोलिबाट घरघरमै खाना पुर्याउने, ३५ वटा रेष्टुरेन्टसँग गर्यो सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सजिलो मिल्स प्रा।लिले अनलाईन फुड डेलिभरी’ सञ्चालन गर्न लागिरहेको छ । श्रावण २० गते मंगलबारबाट ‘व्यक्तिले चाहे अनुसारको तयारी खाना घर घरमा पुर्‍याउने उद्देश्यले कम्पनीले आफ्नो कारोबार सञ्चालन गर्न लागेको जनाएको छ ।

कम्पनीले पहिलो चरणमा काठमाडौं भित्र सञ्चालनमा रहेका रेष्टुरेन्टहरुमा तैयार खानाहरु ग्राहकको स्वाद, इच्छा र रोजाई अनुसार अर्डर गरेको एक घण्टामा घरमा पुर्‍याउने लक्ष्य लिएको छ । हालसम्म ३५ वटा रेष्टुरेन्टसँग यस सम्बन्धी सम्झौता भइ सकेको छ ।

Prabhu
Crest

दोस्रो चरणमा घरमा तैयार हुने सस्तो, गुणस्तरीय र घरेलु स्वादको खाना अफिस, कार्यालय र कर्पोरेट हाउसमा पुर्‍याउने कार्यक्रम बनाएको छ । घरमा तैयार हुने खानाको लागि उपत्यका भित्र पाँच९पाँच जना महिलाको समूह बनाई २५ स्थानमा खाना बनाउने केन्द्र पव्लिक प्राइभेट पार्टनरसिपमा तयार। गरिने बताएको छ ।

आवश्यक सामाग्री, तालिम र अरु सुविधा उपलब्ध गराएर रोजगारी श्रृजना गरिनेछ र घरको काम सक्काएर फुर्सदमा रहने महिला जनशक्तिलाई सक्रिय र उत्पादन शिल बनाउने प्रयास गरिनेछ ।

अष्ट्रेलिया र क्यानाडाबाट फर्केका चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई र इकमर्स विशेषज्ञ डा। सुनिल सिंह सिंजापती तथा लण्डनमा व्यवसाय गरी फर्कका होटल व्यवसायी विष्णु बहादुर कार्की र बैंकर र बीमा व्यवसायी रमेश कुमार भट्टराईको संयुक्त लगानी रहेको सजिलो मिल्सले उपत्यका वासीको मन जितेर रोजगारी श्रृजनाको साथै गुणस्तरीय कारोबार विस्तार गर्दै जाने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS