Connect IPS
IME Life

नेप्सेमा सामान्य सुधार, अजोडको शेयरमा सर्किट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्जमा आइतबार शेयरको मूल्यमा सामान्य सुधार आएको छ । हिजोबाट शेयर कारोबार सुरु भएको अजोड इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अजोड इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बृद्धि भएपछि सकारात्मक सर्किट लागेको हो । अजोडको शेयर दुई दिनमा २९१ बाट ३५२ पुगिसकेको छ ।

सोमबार एक अर्ब २९ करोड दुई लाख ५२ हजार २१३ रुपैयाँको कारोवार भएको छ । आज नेप्से परिसूचक ७.५९ अंकले बृद्धि भई १४०३.८६ पुगेको छ । आइतबार दोहोरो अंकले घटेको शेयर सोमबार सुधार भएको हो । केहीले पुँजि बजारमा नाफा बुक गर्न लागेको र पुनः लकडाउन भई शेयर कारोबार ठप्प हुनसक्ने भएकोले शेयर बिक्री गर्नेको संख्या उल्लेख्य मात्रामा बृद्धि भएको हल्ला चलेको थियो । तर, यस पटक लकडाउन लागेपनि शेयर कारोबार बन्द हुने सम्भावना न्यून छ । बोर्डले सबै लगानीकर्ताहरुलाई बोलाएर आगामी दिनमा शेयर कारोबार बन्द नगर्ने सम्झौता गरेर मात्रै लकडाउनकै बीचमा शेयर कारोबार खुल्ला गरेकाले पुनः लकडाउन भएमा शेयर कारोबार बन्द हुने सम्भावना न्यून छ ।

Prabhu
Crest

सोमबार हाईड्रोपावर, फाइनान्स र म्यूचुअल फण्ड बाहेकका कारोबारहरु हरियो बनेका छन् । आज व्यापार, जीवन बीमा र निर्जिवन बीमा कम्पनीहरुको शेयर मूल्य अन्यको तुलनामा धेरै बढेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS