Connect IPS
IME Life

नागरिक लगानी कोषको संस्थापक शेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साउन १२ गतेदेखि ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेकोे हो । उक्त शेयर खरीद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रतिकित्ता रू। १ हजार ८०० मा नघट्ने गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

Prabhu
Crest

शेयर खरीदका लागि न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र आवेदन फारम विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड, हात्तिसार काठमाडौं र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको केन्द्रिय कार्यालय पुतलीसडक काठमाडौंमा प्राप्त गर्न र बुझाउन सकिनेछ ।

त्यस्तै, नेपाल एसबिआई बैंक लिमिटेडको शाखा कार्यालयहरु विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS