काठमडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले चौथौ त्रैमासको अवधिमा ८४ करोड ७१ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्ले आर्थिक बर्षको सोहि अवधिमा बैंकले ६७ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो बर्षको तुलनामा बैंकको खुद नाफा २६ प्रतिशतले बढेको छ।
साथै बैंकको सञ्चालन नाफा १४ दशमलव ६० प्रतिशत बढेको छ । बैंकले समिक्षा अवधिम १ अर्ब १० करोड १६ लाख रुपैयाँ संचालन नाफा आर्जन गरेको छ, । अघिल्लो आर्थिक बर्षमा ९६ करोड १२ लाख रुपैयाँ आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्ष १ अर्ब १३ करोड रुपैयाँ हजार रहेकोमा गत आर्थिक वर्षमा १ अर्ब २३ करोड रुपैयाँ भएको छ। । बैंकले समिक्षा अवधिमा २५ करोड २० हजार निक्षेप संकलन गरेको छ भने ५७ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।बैंकको हालको १२ अर्ब रुपैयाँ चुक्तापूँजी रहेको उक्त कम्पनीको जगेडा कोषमा १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।