कठमाडौं । ग्लोबल आईएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटिएम सेवा सुरु गरेको छ । उक्त एटीएम जिल्ला अदालतका न्यायाधीशद्वय दीपक खनाल र मनोज केसीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
बैंकले बोक्सेस्थित सरकारी कार्यालयका कर्मचारीहरुका साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी उक्त एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकले हाल देशैभरि ७० वटा जिल्लामा २५७ वटा शाखा, ३९ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउण्टर, २३६ वटा एटिएम, २०१ वटा शाखारहित बैंकिङ सेवा र विदेशस्थित ३ सम्पर्करप्रतिनिधि कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।