काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले तेसाो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।अन्य कम्पनीहरुले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दा यस कम्पनीले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
कम्पनीले नौ महिनाको अवधिमा तीन करोड १६ लाख ६० हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनी दुई करोड ६ लाख २५ हजार रुपैयाँ नोक्सानमा थियो ।
चैत मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १५ दशमलव ४९ प्रतिशतले घटेर ५ करोड ७५ लाख ९ हजार रुपैयाँ पुगेको छ।गत वर्ष कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ६ करोड ८० लाख ५१ हजार रुपैयाँ थियो ।
हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १६ करोड ३२ लाख १५ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ ३८ रुपैयाँ १७ पैसा रहेको छ ।