काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले सर्वश्रेष्ठ साझेदार–२०१९ पुरस्कार’ प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी)बाट ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गतको पुरस्कार पाएको बैंकले जनाएको छ ।
बैंकले नेपालबाट सर्वाधिक परिणामको व्यापार लगानीका लागि ‘सर्वश्रेष्ठ साझेदार–२०१९, कम आय भएका आईडीए देशहरू, दक्षिण एसिया’ का रुपमा ‘सम्मानको पुरस्कार’ प्राप्त गरेको हो ।
आईएफसीले नेपालको व्यापार लगानी (ट्रेड फाइनान्स)को प्रबद्र्धनका लागि बैंकसँग साझेदारी गरेको छ जनाइएको छ । जसबाट बैंकले स्थानीय उद्यमीहरूका लागि सहयोग बढाउन सकेको र अन्तर्राष्ट्रिय व्यापारका अवसरहरू वृद्धिमा सहयोग पु¥याउन सकेको जनाएको छ ।