काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज छुट योजना ल्याएको छ । बैंकले ग्राहकका लागि श्रावण महिनाको ब्याज रकममा २० प्रतिशत छुट दिने योजना ल्याएको हो ।
ग्राहकले २०७७ असार मसान्तसम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम श्रावण मसान्तसम्म भुक्तानी गरेमा सो योजना अन्तर्गतको छुट पाउने बैंकले जनाएको छ ।
ब्याज रकममा प्रदान गर्ने छुटले ऋणीहरुलाई हालको विषम परिस्थितिमा केही सहयोग पुग्ने विश्वस्त रहेको बैंकले जनाएको छ ।