काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका २१ शाखाको सेवा २५ घण्टाको लागि बन्द हुने भएको छ । बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय अन्तर्गत रहेका २१ वटा शाखाहरुको सेवा आज साउन १६ गते शुक्रबार दिउँसो ३ बजेदेखि १७ गते शनिवार दिउँसो ४ बजेसम्म बन्द हुने बैंकले बताएको छ ।
त्यस्तै, खाता, एटिएम, कार्ड, मोबाइल बैंकिंग, इन्टरनेट बैंकिङ कनेक्ट आईपीएस लगायत सबै सेवा बन्द हुने भएको समेत बैंकले जनाएको छ ।बैंकले आफ्नो कोर सफ्टवेयर अपग्रेड गर्न लागेकोले उ्रक्त सबै सेवा आबरुद्ध हुने बैंकले जनाएको छ ।
बैंकल सिस्टम अपग्रेडपछि खाता नम्बर समेत परिवर्तन हुने भएकोले अपग्रेडपछि बैंकमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।