काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से ७ दशमलव ५३ अंकले बढेर १४३९ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज १ सय ८९ कम्पनीको ३४ लाख ३० हजार ५ सय ३२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ ।
सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । आज सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्सकोे शेयर २२ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्त, नेपाल लाइफको शेयर ८ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
खानीखोला हाईड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने आरम्भ चौतारी लघुवित्तका लगानीतकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।घोडाघोडी लघुवित्तका शेयरधनीहरुले ९ दशमलव ८५ प्रतिशतका दरले गुमाएको छ भने गुराँस लघुवित्तका शेयरधनीहरुले ५ दशमलव ३४ प्रतिशतका दरले गुमाएका छन्।