काठमाडौं । एशियन लाइफ इन्सोरेन्स कम्पनीको शाखा कार्यालय कलैयाले मृत्यु दावी भुक्तान गरेको छ । उक्त शाखाले बीमितको घरमै गएर कलैया–९ स्थित रामपुर टोल बस्ने ५७ वर्षीय दशै साहकोे परिवारलाई २ लाख ९६ हजार आठ सय रकम प्रदान गरेको हो ।
दशै साह तुरहा गत असार ८ गते ज्यान गुमाएका थिए । तुरहाको अचानक अस्वस्थ भई ज्यान गएको थियो ।
चेक हस्तान्तरण गर्दै वडा अध्यक्ष डा. अख्तर अंसारीले भने“ मृत्युलाई कसैले रोक्न, छेक्न नसक्ने तर बीमाले आर्थिक क्षतिलाई कम गर्न सक्ने बताए ।
शाखाका प्रबन्धक शंकर परियारले भने बीमा महत्व बारे प्रष्ट पार्दै भने “हामी बीमिततको सुरक्षाप्रति सधै जिम्मेवार छौ, ।