काठमाडौं । बिक्रेता नआउँदा नेप्सेमा एक अर्ब रुपैयाँको शेयर सुचिकृत भएर पनि अजोड इन्स्योरेन्सको शेयर कारोबार हुन सकेको छैन । आईपिओ जारी गरेपछिको पहिलो कारोबारमा प्रिम्याचिङका लागि बिक्रेता नआउँदा कारोबार हुन नसकेको हो ।
अजोडको शेयर आईपिओको पहिलो कारोबार भएकोले नियमित कारोबारको लागि प्रिम्याचिङ हुनु अनिवार्य छ । विहान १०ः३० देखि १०ः४५ को बीचमा बिक्रेता र खरिदकर्ता आई कारोबार योग्य नभएमा उक्त दिन कारोबार हुन नसक्ने व्यवस्था छ ।