काठमाडौं । आज दोश्रो बजारमा दोहोरो अंकको गिरावट आएको छ र सम्पूर्ण उपसुचकमा गिरावट आएको छ । तर पनि आज नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्यले भने बजारमा राम्रो प्रर्दशन गरेको छ ।
नेपाल पुनर्बीमा कम्पनीको बजार मूल्य प्रति कित्ता १८ रुपैयाँले वृद्धि भएर ५८४ रुपैयाँ प्रति कित्ता बजार मूल्य बन्द भएको छ । आज कम्पनीको पहिलो कारोवार ५६७ रुपैयाँमा भएको थियो भने ५८८ को उच्च मूल्य सम्म पुगेको थियो र कम्पनीको आजको न्यून विन्दु ५५७ रुपैयाँ थियो।
आजको नेपाल पुनर्बीमा कम्पनीको ग्राफ हेर्दा आज दिन भर कम्पनीको बजार मूल्य सकारात्मक थियो र घट्न मानेको थिएन ।
आज नेप्सेमा कारोवार भएका कम्पनी मध्ये सबै भन्दा धेरै कारोवार भएको छ। आज पुनर्बीमा कम्पनीको मात्र १५ करोड ७१ लाख माथिको शेयर कारोवार भएको छ।
आजको फ्लोरसिटले के देखायो ?
आज नेपाल पुनर्बीमा कम्पनीको २८ नम्बर ब्रोकरबाट सर्वाधिक १ करोड ४८ लाख बराबरको खरिद भएको छ भने ४९ नम्बर ब्रोकरबाट १ करोड १ लाख बराबरको बिक्री भएको छ ।
त्यस्तै दोश्रोमा ५७ नम्बर ब्रोकरबाट १ करोड ४२ लाख बराबरको खरिद भएको छ भने ब्रोकर नम्बर ४२ बाट ९० लाख ४६ हजार बराबरको बिक्री भएको छ ।
Source: Nepal Stock Exchange
Date : 7/29 /2020