काठमाडौं । नेप्से २३ दशमलव ३६ अंकले घटेर १४३१ दशमलव ५२ को विन्दुमा कायम भएको छ । आज १ सय ८७ कम्पनीको ३८ लाख ३९ हजार ६ सय ७१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ ।
सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ ।आज सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्सकोे शेयर १५ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्त, नेपाल लाइफको शेयर १० करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
युनियन हाईड्रोपावर र जोशी हाईडोपावरका शेयरधनीहरुले १० प्रतिशतका दरले कमाएका छन् ।जनउत्थान लघुवित्तका शेयरधनीहरुले ९ दशमलव ४५ प्रतिशतका दरले गुमाएको छ भने गोलबल आईएमई लघुवित्तका शेयरधनीहरुले ७ दशमलव ४० प्रतिशतका दरले गुमाएका छन्।