काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा मंगलबार शेयर कारोबार मूल्य घट्दा नेप्से परिसूचक ७ अंकले गिरावट आएको छ । मंगलबार नेप्से ७.५९ अंकले घटेर १४५४.८९ कायम भएको छ । हिजो पनि शेयर मूल्यमा सामान्य गिरावट आएको थियो ।
मंगलबार एक अर्ब २५ करोड ९७ लाख ५१ हजार रुपैयाँ शेयर कारोबार भएको छ । कूल ३२ लाख ४७ हजार ६८ कित्ता शेयर कारोबार हुँदा फाईनान्स कम्पनी र म्युचुअल फण्ड बाहेकका क्षेत्र राताम्मे भएका छन् । सोमबार राष्ट्रिय बीमा कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्यमा गिरावट आएको छ ।