पोखरा । न्युरोड पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले नवलपरासी पश्चिम सुनवल नगरपालिका वडा नं १ मा २१ औं नयाँ शाखा समुद्घाटन गरी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तार गर्ने हेतुले क्रमशःशाखा विस्तार गदै जाने जानकारी प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए ।
चुक्ता पुंजी ९१।७२ करोड रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप ७ अर्व ५८ करोड तथा कर्जा लगानी ६ अर्व ३३ करोड रहेको छ । उक्त शाखाहरु मार्फत् संस्थाले निक्षेप संकलन, कर्जा लगानी, मोवाइल बैंकि∙, सिआस्वा, आइपिएस, चेक क्लिअरिड्ड, रेमिटेन्स लगायतका आधुनिक बैंकिङ सेवा दिइने कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिए ।