काठमाडौं । नागरिक लगानी कोषले५० हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा राखेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)ले आफ्नो स्वमित्वमा रहेको शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो । कम्पनीले न्युनतम मूल्य प्रति कित्ता १८ सय कायम गरेको छ ।
ईच्छुक बैंक वित्तीय संस्था र बीमा कम्पनीले मात्र यस लिलाममा आवेदन दिन पाउनेछन् । उक्त शेयरमा साउन १९ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले बताएको छ ।
बोलपत्र फराम पाईने स्थान तथा बुझाउने
बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ हात्तिसार काठमाडौं, लाइफ इन्स्योरेन्स कर्पोरेशनको कार्यालय तथा नेपाल एसबिआई बैंकको शाखा कार्यालयबाट बुझाउन सकिन्छ । आवेदन दिँदा न्युनतम १०० कित्ता देखि पुरै ५० हजार कित्ताको लागि दिन सकिने छ ।