Connect IPS
IME Life

हिमालयन बैंकले ११ प्रकारको कर्जाको ब्याजदर घटायो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकले ८ दशमलव ४९ प्रतिशतमा ब्याजदरमा ६ प्रकारका कर्जा योजना ल्याएको छ । बैंकले ९ दशमलव ८ प्रतिशत ब्याजदरमा पाँच प्रकारका कर्जा योजना सार्वजनिक गरेको जनाएको छ ।

बैंकले सार्वजनिक गरेका ८ दशमलव ४९ प्रतिशत ब्याज दरको कर्जा योजनामा एसएमइ कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माण कर्जाहरु रहेको जानकारी दिएको छ ।

Prabhu
Crest

त्यस्तै, ९ लदशमलव ८९ प्रतिशत ब्याजको कर्जा योजनामा शेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, ब्यक्तिगत साना व्यवसायिक कर्जा, सुबिधा कर्जा र ब्यक्तिगत कर्जा रहेका छन् । त्यस्तै बैंकले १०.३९ प्रतिशत ब्याज दरमा व्यवसायिक सवारी साधन कर्जा पनि ल्याएको छ ।

बैंकका अनुसार दश वर्षको अबधि सम्मका लागि पाइने एसएमइ कर्जा ग्राहकहरुले न्युनतम पाँच लाख देखि छ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । बैंकले घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको छ । ग्राहकहरुले घर निर्माण वा घर–जग्गा खरिदका लागि उक्त कर्जा उपयोग गर्न सक्नेछन् । बैंकले देशभरिका ६८ शाखा कार्यलयहरुबाट सेवा दिँदै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS