Connect IPS
IME Life

एशियन लाइफले घोषणा गर्यो बीमा क्षेत्रकै उच्च बोनस दर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रकै सर्वाधिक बोनस दर घोषणा गरेको छ । कम्पनीले बीमितहरुलाई आर्थिक वर्ष २०७४/७५ मा दिने नयाँ बोनस दर घोषणा गरेको हो । कम्पनीले प्रतिहजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ८७ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको हो । बीमा समितिले जेठ ८ गते दिएको स्वीकृती पश्चात कम्पनीले सो बोनस दर दिने घोषणा गरेको कम्पनीले जनाएको छ ।

सावधिक जीवन बीमालेखः कम्पनीले ० देखि १४ वर्ष अवधिको लागि ४२ रुपैयाँ, १५ देखि १९वर्ष अवधिका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ६५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको बीमालेखका लागि ७६ रुपैयाँ बोनस दर तोकेको छ ।

Prabhu
Crest

सावाधिक(बालबालिका सावधिक जीवन बीमा): ० देखि १४ वर्ष अवधिको लागि ४२ रुपैयाँ, १५ देखि १९वर्ष अवधिका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ६५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको बीमालेखका लागि ७६ रुपैयाँ बोनस दर तोकेको छ ।

सावधिक तथा आजीवन जीवन बीमालेखः ० देखि १४ वर्ष अवधिको लागि ५१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ६२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ७२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको बीमालेखका लागि ८७ रुपैयाँ बोनस दर तोकेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखः १० वर्ष अवधिका लागि ४३ रुपैयाँ, १२ वर्ष अवधिका लागि ४८ रुपैयाँ, १५ वर्ष अवधिका लागि ५४ रुपैयाँ, १८ वर्ष अवधिका लागि ६४ रुपैयाँ, २० वर्ष अवधिका लागि ७४ रुपैयाँ र २५ वर्ष अवधिका लागि ७९ रुपैयाँ बोनस दर तोकेको छ ।

यस अघि गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले पनि अधिकतम रु. ८७ बोनस दर घोषणा गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS