काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले ब्रान्च म्यानेजर (सिनियर असिस्टेन्टदेखि सिनियर अफिसरसम्म)का लागि केही संख्यामा, जूनियर असिस्टेन्ट र असिस्टेन्टका लागि केही संख्यामा, ट्रेनी असिस्टेन्ट र कन्ट्रायाक्ट असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
्संस्थाले भइरहेको विभिन्न शाखा कार्यालय तथा अब खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले अगष्ट ७ सम्म आवेदन दिइसक्नुपर्ने जनाएको छ ।