काठमाडौं । साताको अन्तिम दिन नेप्से १० दशमलव १३ अंकले बढेर १४४२ दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज १ सय ८७ कम्पनीको ३३ लाख ९२ हजार ९ सय ६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ ।
विकास बैंक र म्युचअल फन्ड बाहेक अन्य सबै क्षेत्रको उपसूचक हरीयाली छाएकोे छ । आज सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्सको शेयर ११ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्यारेन्स कम्पननीकोे शेयर १० करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
तारागन रिजेन्सी होटल र मिर्मिरे माईक्रोफाइनान्सका शेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् ।मल्टीप्रपोज फाइनान्सका शेयरधनीहरुले ५ दशमलव ३६ प्रतिशतका दरले गुमाएको छ भने हिमालयन उर्जा विकासका शेयरधनीहरुले ५ दशमलव १० प्रतिशतका दरले गुमाएका छन्।