काठमाडौं । निर्धन उत्थान लघुवित्तले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । संस्थाले साउन ७ गतेदेखि लागु हुने गरी बचत तथा निक्षेपमा ब्याजदर परिवर्तण गरेको जनाएको छ ।
संस्थाले सर्वसाधारण बचततर्फको क्रमिक बचतमा अधिकतम ९ प्रतिशत र समूहगत बचततर्फ सम्वृद्धि बचतमा ८।९६ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । त्यस्तै मुद्दतीतर्फ भने कम्पनीले ८ दशमलव ५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ ।