कठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले मृतकको परिवारलाई बीमा वापतको रकम भुक्तानी गरेको छ । उक्त मृत्यु दाबी भुक्तानी रकम उनको परिवारलाई दिइएको कम्पनीले जनाएको छ ।
उक्त दाबी भुक्तानी एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत एल पी दास र ललितपुर शाखाका एजेन्सी म्यानेजर श्याम प्रसाद भट्टराईले मृतकका परिवारलाई १२ लाख रुपैँया हस्तारण गरेका हुन् । स्व.रामचन्द्र श्रेष्ठले उक्त कम्पनीमा ३ वर्षको लागि १० लाखको जीवन बीमा गरेका थिए । उनले तीन किस्ता समेत बुझाएको कम्पनीले जनाएको छ ।
सोही कार्याक्रममा बोल्दै ललितपुर शाखाका एजेन्सी म्यानेजर श्याम प्रसाद भट्टराईले कोरोना कहरको यस्तो अवस्थामा पनि आफुहरुले १५ दिनभित्रमा रकम हस्तान्तरण गरेको बताए ।