काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले आ.व.२०७५/७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको हो । कम्पनीले प्रतिहजार न्युनतम रुपैयाँ ६४ देखि ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।
कम्पनीले ५ देखि १४, १५ देखि १९ वर्ष अवधिको सावधिक तथा सामुहिक जीवन बीमालेखका लागि ६४ रुपैयाँ, २० देखि २५ वर्षको सावाधिक तथा सामुहिक जीवन बीमालेखका लागि ६५ रुपैयाँ र २६ वा सोभन्दा माथि वर्षको सावधिक तथा सामुहिक जीवन बीमालेखका लागि ८५ रुपैयाँ बोनश दर तोकेको छ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखका लागि ५ देखि १४ वर्ष अवधिको ६३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ६४ रुपैयाँ, २० वा सो भन्दा माथि अवधिको बीमालेखका लागि ६४ रुपैयाँ बोनश दर तोकेको छ ।
सावधिक तथा आजीवन जीवन बीमालेखमा ५ बर्ष देखि १४, १५ देखि १९ वर्ष अवधिको ६४ रुपैयाँ, २० देखि २५ वर्ष अवधिको बीमालेखमा ६५ रुपैयाँ र २६ वा सो भन्दा माथि अवधिको बीमालेखमा ८५ रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ ।