काठमाडौं । नेप्से १४ दशमलव ०९ अंकले घटेर १४६४ दशमलव ९४ को विन्दुमा कायम भएको छ । आज १ सय ८९१ कम्पनीको ७० लाख १ हजार २ सय ५८ कित्ता शेयरकिनबेच हुँदा २ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ ।बैंकिङ्, विकास बैंक, फाइनान्स र म्युचअल फन्ड बाहेक अन्य सबै क्षेत्रको उपसूचक राताम्मे छाएको छ ।
सबैभन्दा धेरै एनएमबि बैंक शेयरकोे २० करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।युनाईटेड फाइनान्सका शेयरधनीले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् भने ,एनआईसी एशिया लघुवित्तका शेयरधनीले ९ दशमलव ९० प्रतिशतका दरले कमाएको छ।
गुराँस लघुवित्त शेयरधनीहरुले ९ दशमलव ९८ प्रतिशतका दरले गुमाएको छ भन मनजुश्री फाइनान्स शेयरधनीहरुले ९ दशमलव ७६ प्रतिशतका दरले गुमाएका छन्।