काठमाडौं । नेप्सेमा आज चार ओटा कम्पनीहरुको बोनस शेयर सूचीकृत भएको छ । आईतबार चौतारी लघुवित्त वित्तीय संस्था,आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, किसान माइक्रोफाइनान्स र अरुण भ्यालीको बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा चौतारी लघुवित्तको १ लाख ३० हजार २ सय कित्ता, आरम्भ लघुवित्तको ४४ हजार २ सय ८० कित्ता र किसान माइक्रोफाइनान्सको २ लाख ५ हजार ९ सय ९२ दशमलव ७५ कित्ता र अरुण भ्यालीको ६ लाख ५३ हजार १ सय ९ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो ।