काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/ ७६ को लाभांश नदिने भएको छ । कम्पनीले बीमा समितिको वित्तीय सम्बन्धी निर्देशन अनुसार एनएफआरएस प्रणाली बमोजिम तयार गर्दा जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले लाभांश नदिने जनाएको छ ।
कम्पनीको साउन २ गतेको सञ्चालक समितिको बैठकले उक्त वर्षको वासलात, नाफा नोक्सान तथा आय विवरण र सोहि अवधिको नगद प्रवाह विवरण स्वीकृत गरि बीमा समितिमा वार्षिक साधारण सभा गर्न स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा पनि लगानीकर्ताको हात खाली बनाएको थियो । त्यस अघिको वर्ष २०७३/ ७४ मा भने कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ नगद लाभांश दिएको थियो ।