काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा लघुवित्तको ५ दशमलव ४७ प्रतिशतले बढेको छ । लघुवित्तले १३ करोड २४ लाख नाफा कमाएकोमा गत आवको चौथो त्रैमासमा भने १३ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको छ ।
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको चौथौ त्रैमासमा उक्त कम्पनीले ३० लाख ७४ हजार रुपैयाँ खराब कर्जा उठाएको छ ।हाल कम्पनीको चुक्तापूजी ८० करोड रुपैयाँ रहेको उक्त कम्पनीले जगेडा कोषमा २४ करोड ७९ लाख रुपैयाँ संचित गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४५ र प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९६ पैसा रहेको छ ।