नवलपरासी । नवलपरासी जिल्ला फुटबल संघले जिल्लाका ३१ पूर्व खेलाडीलाई राहत वितरण गरेको छ । जिल्लाबाट विभिन्न प्रतियोगिता खेलेका २६ पुरुष र ५ महिला खेलाडीलाई राहत वितरण गरिएको हो ।
कोभिड १९ का कारण देशमा भएको लकडाउनका कारण आर्थिक कठिनाई परेको भन्दै फिफाको सहयोगमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एकमुष्ट ७५ हजार रुपैयाँ उपलब्ध गराएको थियो । पूर्व खेलाडीले जनही ३ हजारका दरले राहत पाएका छन् ।
जिल्ला संघले आफ्नोतर्फबाट १९ हजार रुपैयाँ थपेर खेलाडीलाई राहत वितरण गरेको जनाएको छ । नवलपरासी जिल्ला फुटबल संघका अध्यक्ष धनप्रसाद गुरुङले खेलाडीलाई राहत वितरण गरेका थिए ।