IME Life
GBIME

सार्वजनिक नहुँदै चुहियो मौद्रिक नीति

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर्न लागेको मौद्रिक नीति औपचारिक कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी गरिए पनि बीचबाट नै चुहिएको छ । आज विहान बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकबाट पारित भएको मौद्रिक नीति अपरान्ह ३ बजे पत्रकार सम्मेलन गर्ने सार्वजनिक गर्ने गभर्नर महा प्रसाद अधिकारीले बताएका छन् । तर, मौद्रिक नीति सार्वजनिक हुनु पूर्व नै चुहिएपछि राष्ट्र बैंकका सञ्चालकहरुको गोपनीयतामाथि प्रश्न चिन्ह उठेको छ ।

राष्ट्र बैंकका सञ्चालकहरुमा अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी, सदस्यहरुमा अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना, डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, शिवराज श्रेष्ठ, श्रीराम पौड्याल, रामजी रेग्मी र सुबोध कुमार कर्ण छन् । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार डेपुटी गभर्नर शिवाकोटीले मौद्रिक नीति बाहिर चुहाएका हुन् । यद्यपि यसको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS