काठमाडौँ । नेपालमा सञ्चालित ४० वटा बीमा कम्पनीमध्ये अझै तीन बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद रिक्त छ । एक जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनीले आ.व. ७६/७७ मा पनि नेतृत्व (सीईओ) पाउन सकेन ।
सीईओ बिहिन जीवन बीमा कम्पनीमा सानिमा लाइफ इन्स्योरेन्स पर्दछ। त्यस्तै, सीईओ बिहिन निर्जीवन बीमा कम्पनीहरुमा भने युनाइटेड इन्स्योरेन्स र जनरल इन्स्योरेन्स पर्दछन् ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा पनि सीईओ छैनन् । कम्पनीले अझै सीईओ नियुक्त गर्न सकेको छैन् । कम्पनीको महाप्रबन्धकमा शिवराम तिमिल्सना छन् भने चुणामणि चापागाईले नायव महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
त्यस्तै, जनरल इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स कम्पनी सीईओ बिहिन निर्जीवन बीमा कम्पनी हुन् । यी दुई निर्जीवन बीमा कम्पनीले पनि अझै सीईओ नियुक्त गर्न सकेका छैनन् ।
त्यस्तै, अर्को कम्पनी जनरल इन्स्यारेन्स कम्पनीमा पनि सीईओको पद रिक्त रहेको छ । उक्त कम्पनीमा महाप्रबन्धकको रुपमा एस के तमोटलाई नियुक्त गरिएको छ ।
त्यस्तै, युनाईटेड इन्स्योरेन्स कम्पनीमा पनि सीईओ छैनन् । पुरानो कम्पनी भए पनि इन्स्योरेन्सको सीईओ पद खालि नै छ । रमेश कुमार भट्टराईले कम्पनीको कार्यवाहक सीईओको जिम्मवारी सम्हाल्दै आएका छन् ।
जनरल इन्स्यारेन्स कम्पनीले सीईओ नियुक्ति गर्नको लागि बिज्ञापन बीनानै केहि व्यक्तिहरुलाई बोलाइ अन्तर्वार्ता लिएता पनि आ.व. २०७६/७७ मा कम्पनीको संचालक समितिले नियुक्ति भने दिन सकेन।