काठमाडौं । नबिल बैंकले “३६औं वार्षिकोत्सव योजना” ल्याएको छ । बैंकले वर्तमान महामारीलाई मध्यनजर गर्दै, नबिल बैंकले सम्पूर्ण ऋणी ग्राहक महानुभावको आवश्यकतालाई सहज पर्ने उद्देश्यले यस्तो योजना ल्याएको जनाएको छ ।
उक्त योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिनेछ ।
बैंकले घर कर्जामा ७ दशमलव ९९ प्रतिशत, धितो कर्जामा ८ दशमलव ४९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा ८ दशमलव ४९ प्रतिशत, साना तथा मझौला कर्जामा ७ दशमलव ९९ प्रतिशत दिने बताएको छ ।
सिमित समयको लागि बैंकले ल्याएको विशेष छुट वार्षिकोत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट अगाडी बढाउन सकिनेछ । यस योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकहरुलाई केहि सहायता पुग्ने बैंकले विश्वास गरेको छ ।
हालसम्म बैंकले ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत सेवा दिँदै आएको छ ।