काठमाडौं । नागरिक स्टक डिलर कम्पनीको सीईओको लागि ४ जनाको आवेदन परेको छ । कम्पनीले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्नको लागि १५ दिन अगाडी आवेदन खुला गरेको थियो ।
आवेदन दिनेले ब्यबस्थापन वा अर्थशाश्त्र वा वाणिज्य शास्त्र वा वीत्तशाश्त्रमा स्नातकोत्तर गरेको वा स्नातक तह उतिर्ण सहित सिए उपाधि हासिल गरेको हुनु पर्ने तोकिएको थियो । त्यस्तै बैंक तथा वित्तीय संस्था वा सुचिकृत कम्पनीमा कम्तिमा ४ वर्ष ब्यबस्थापकीय तहमा कार्य गरेको हुनु पर्ने उल्लेख रहेको थियो ।
कम्पनीको सीइओको प्रतिस्पर्धाको लागि विशाल अग्रवाल, सन्तोष राज नेपाल, महेश्वर लाल श्रेष्ठ र इन्द्र कट्टेलले आवेदन दिएका छन् । आवेदन दिएका श्रेष्ठ नेपाल बैंकका पूर्व सीइओ तथा नेपाल राष्ट्र बैंकबाट अवकाश प्राप्त व्यक्ति हुन् भने कट्टेल हाल स्टक डिलर कम्पनीकै प्रबन्ध निर्देशक पदमा कार्यरत छन् । त्यस्तै अग्रवाल आकाश क्यापिटल मार्केट्सको उच्च तहमा कार्यरत छन् भने पिपुल्स पावर कम्पनीको संचालक समेत रहेका सन्तोष राज नेपाल साबिक समृद्धि क्यापिटलको उच्च तहमा कार्यरत थिए ।