Connect IPS
IME Life

तुलसीपुर उपमहानगरपालिकामा मेगा बैंकको काउन्टर स्थापना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाठौं । मेगा बैंकले आज तुलसीपुर उपमहानगरपालिकामा काउन्टर स्थापना गरेको छ । यससँगै तुलसीपुर उपमहानगरपालिका नगदविहीन अर्थात् क्यासलेस भएको छ । आर्थिक सुशासन र बैंकिङ प्रणालीप्रति अभ्यस्त बनाउन उपमहानगरपालिकामा मेगा बैंकको काउन्टर स्थापना भएपछि क्यासलेस भएको हो । उक्त काउन्टरको उद्घाटन उपमहानगरप्रमुख घनश्याम पाण्डेले गरेका हुन् ।

अब उपमहानगरपालिकालाई तिर्नुपर्ने पैसा सेवाग्राहीले अनिवार्य रुपमा बैंकमा जम्मा गर्नुपर्नेछ । काउन्टर राख्न इच्छुक बैंकबाट आवेदन लिएर बैकलाई काउन्टर स्थापनाका लागि स्वीकृति दिइएको उपमहानगरपालिकाका वित्तीय अधिकृत ललितबहादुर घर्तीले जानकारी दिए ।

Prabhu
Crest

गत वर्ष नै काउन्टर उद्घाटन गर्ने भनिए पनि राष्ट्र बैंकसँगको प्रक्रियामा भएको ढिलाइका कारण यस वर्षबाट मात्रै सञ्चालन गर्न सकिएको बैंकको व्यवस्थापक राजन भण्डारीले जानकारी दिए ।

उपमहानगरप्रमुख घनश्याम पाण्डेले अनौपचारिक कारोबारलाई रोक्नका लागि बैंकिङ प्रणालीको ठूलो महत्व हुने र हरेक नागरिकलाई बैंकिङ प्रणालीसँग जोड्न सकिए मात्रै औपचारिक कारोवार वृद्धि हुने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS