काठमाडौं । सोल्टी होटलले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक बर्षमा २३ करोड १० लाख रुपैयाँ नाफा कमाएको होटलले गत आर्थिक बर्षको तेस्रो त्रैमासमा १४ करोड ५ लाख रुपैयाँममा सीमित भएको हो । गत बर्षको तुलनामा होटलको नाफा ३९ प्रतिशतले घटेको छ । लकडाउनको कारण कम्पनीको नाफामा घटेको हो ।
समिक्षा अवधिमा होटलको आम्दानी ११ प्रतिशतले घटेकोे छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा होटलले १ अर्ब ३१ करोड आम्दानी गरेकोमा गत आर्थिक बर्षको तेस्रो त्रैमासमा एक अर्ब १६ करोडमा सिमित भएको हो ।
होटलको चुक्तापूँजी ७३ करोड २६ लाख छ । प्रतिशेयर आम्दानी १ रुपैयाँ ९२ पैसाा , मूल्य आम्दानी अनुपात ८६ दशमलव रहेको छ।