काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले एक्शन एड इन्टरनेशनल नेपाललाई एक करोड ७५ लाख रूपैयाँ सहयोग गरेको छ ।बैंकले ‘नेपालमा संकटापन्न घरपरिवारलाई आधारभूत जीविका र सरसफाइका साधनमा टेवा दिएर संक्रमणको उपायमा पहुँच अभिवृद्धि’ परियोजनाका लागि उक्त आर्थिक सहयोग गरेको हो ।
बैंकले राहत स्वरुप नेपाल सरकारलाई एक करोड १६ लाख रुपैयाँ र पासाङल्हामु पर्वतारोहण संघलाई ५८ लाख रुपैयाँ दिएको थियो । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरेको जनाएको छ।