काठमाडौं । सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा चंकी क्षेत्री पुनःनियुक्ति भएका छन् । उनको कार्यकाल असार असार १८ गतेदेखि नै समाप्त भएकोमा कम्पनीमा सिइओ पद रिक्त रहेकोमा फेरी कम्पनीले क्षेत्रीलाई वियुक्त गरेको हो । कम्पनीको जेठ २२ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार बीमा समितिबाट असार १७ गते चंकी क्षेत्रीलाई पुनः सिइओमा नियुक्ति गर्ने स्वीकृत अनुसार उनलाई ४ वर्षको लागि पुनः नियुक्ति गरेको हो ।
त्यस्तै, बीमा कम्पनीको असार २५ गते बसेको संचालक समितिको बैंठकबाट कम्पनीको सिईओको रुपमा क्षेत्रीलाई असार १८ गतेदेखि नै लागु हुनेगरी नियुक्त गरिएको जनाएको छ ।