एजेन्सी :अप्रिल देखि जुन सम्मको प्रथम त्रैमासमा भारतीय जीवन बीमा बजारमा प्रथम बीमा शुल्क आर्जनमा १८ दशमलव ६ प्रतिशतको गिरावट आएको छ। प्रथम त्रैमाससम्म भारतीय बीमा बजारले ४९,३३५ करोड भारतीय रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ।
तर पनि प्रथम त्रैमासको दुई महिनाको तुलनामा जुन महिनामा भने थोरै बजारमा राम्रो लक्षण देखिएको हो। अप्रिल महिनामा प्रथम बीमा शुल्क आर्जनमा ३२ दशमलव ६ र मे महिनामा २७ दशमलव ९ प्रतिशतको गिरावट आएको थियो ।
प्रथम त्रैमासमा प्रथम बीमा शुल्क आर्जनमा एलआईसी इण्डियाको बजार हिस्सा ७४ प्रतिशत रहेको छ भने निजी कम्पनीहरुको बजार हिस्सा २६ प्रतिशत मात्र रहेको छ।