काठमाडौं । साधना लघुवित्तको आइपीओ बाँडफाँड भएको छ। लघुवित्तको आइपीओमा ६६ हजार १ सय ५२ जनाले १० कित्ताका दरले हात पारेका छन् । तीन लाख ८१ हजार ६९७ जनाको भने हात खाली भएको छ ।कम्पनीको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो ।
साधनाको आइपीओमा कुल १ अर्ब १२ करोड ५९ लाख ८५ हजार रुपैयाँको आवेदन परेको थियो । ४ लाख ५८ हजार ६४३ जनाले १ करोड १२ लाख ५९ हजार ८५० कित्ताका लागि आवेदन दिएका हुन् । यो माग भन्दा १७.०२ गुणा बढी हो ।
कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो । जस मध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
लघुवित्तको हालको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजी २१ करोड ६७ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।