काठमाडौँ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले साउन १६ गतेदेखि सर्वसाधारणमा ३३ करोड ९८ लाख चार हजार छ सय रुपैयाँ बराबरको साधारण शेयर (आईपीओं) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता आइपीओ निष्काशन गर्न लनगेको हो ।
जसमध्ये ६७,९६१ कित्ता अर्थात २ प्रतिशत शेयर कर्मचारीहरुको लागि, १,६९,९०२ कित्ता अर्थात ५ प्रतिशत शेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरी बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गरिने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटलले जनाएको छ ।