काठमाडौं । उन्नति लघुवित्त वित्तीय संस्थाले ३८ दशमलव ६० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत पुस १५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । पुस १५ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।
उन्नतिको पुस २९ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट ३८ दशमलव ६० प्रतिशत बोनस सेयर कर प्रयोजनार्थ सहित २ दशमदव ०३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीको भनाई छ ।