Connect IPS
IME Life

किसान, एनआरएन र दिव्य लघुवित्तले थाले एकीकृत कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । किसान माइक्रोफाइनान्स, एनआरएन लघुवित्त र दिव्य लघुवित्तले एक आपसमा मर्जर भई आज मर्जरपछि बनेको नयाँ संस्था एनआरएन लघुवित्तले असार २९ गते सोमबारदेखि एकीकृत कारोबार सुरु गर्दैछ । पश्चात २० करोड ९२ लाख रुपैंया चुक्ता पूँजी भएको एनआरएन लघुवित्त, १० करोड ६६ लाख रुपैंया पूँजी भएको किसान र ७ करोड ७० लाख रुपैंया पूँजी भएको दिव्य लघुवित्त एक आपसमा मर्जरमा जाने सम्झौता गरेका थिए ।

तीन वटै लघुवित्तले एक बराबर एकको अनुपातमा शेयर आदान प्रदान हुने गरी मर्जरको स्वीकृति पाए पछि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जर पछि बनेको नयाँ संस्था एनआरएन लघुवित्तको चुक्ता पूँजी ३९ करोड २८ लाख रुपैंया पुगेको छ । नयाँ लघुवित्तको अधिकृत पूँजी १ अर्ब, जारी पूँजी ५२ करोड पुग्नेछ भने ४२ शाखामा १४२ शाखा बाट लघुवित्त सेवा प्रदान गर्नेछ ।

Prabhu
Crest

नयाँ संस्थामा प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाह हुनेछन् । शाह यस अघि पनि एनआरएन लघुवित्तको प्रमुख कार्यकारी अधिकृत थिए । नयाँ संस्थाको अध्यक्ष प्रमोद उप्रेती हुने छन् । उनी पनि यस अघि एनआरएन लघुवित्तको अध्यक्ष थिए ।

साविकको किसान माइक्रोफाइनान्स मात्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको लघुवित्त हो । एनआरएन र दिव्य सूचीकृत नभएकाले सर्वसाधारण शेयरधनीको हिस्सा मिलाउनका लागि एनआरएन लघुवित्तले मर्जर लगत्तै शतप्रतिशत हकप्रद निष्काशन गरी सर्वसाधारणमा थप नयाँ शेयर निष्काशन गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS