काठमाडौं । नेप्से ९ दशमलव ०२ अंकले बढेर १३४० दशमलव २९ को विन्दुमा कायम भएको छ । आज १ सय ७९ कम्पनीको २२ लाख ७८ हजार ५ सय ७ कित्ता शेयरकिनबेच हुँदा १ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ्, होटल, विकास बैंक, हाइड्रोपावर र म्युचअल फन्ड बाहेक सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कोे १६ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सूर्यादय लघुवित्तका शेयरधनीले ९ दशमलव ९९ र स्वरोजगार लघुवित्तका शेयरधनीहरुले ९ प्रतिशत ९८ को दरले कमाएको छ ।
तिनाउ मिसन बैंकको शेयरधनीहरुले ५ दशमलव ७६ प्रतिशतका दरले गुमाएको छ भन जोशी हाइड्रोपावरका शेयरधनीहरुले ५ दशमलव ५६ प्रतिशतका दरले गुमाएका छन्।