काठमाडौं । स्वरोजगार लघुवित्तले साउन १० गते विशेष साधारणसभा डोकेको छ । लघुवित्तले कमलादीमा उक्त विशेष साधारणसभा गर्ने भएको छ।
लघुवित्तले सधारणसभामा जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्ने छ । स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई १०० :७० को स्वापमा गाभ्न लागेको हो ।लघुवित्तले जनकपुर लघुवित्तलाईलाई गाभेपछि कायम हुने चुक्ता पुँजीको शत प्रतिशत हकप्राद निष्काशन प्रस्ताव समेत साधारणसभाबाट पारित गर्ने भएको छ ।
दुई लघुवित्तको मर्ज पश्चात् स्वरोजगार कै नामबाट एकिकृत कारोबार हुनेछ । कम्पनीले साधारणसभाका लागि साउन ५ गते बुक क्लोज गर्ने गर्ने भएको छ । जसका लागि साउन ४ गतेसम्म कायम रहेको शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।