काठमाडौ । सनराइज क्यापिटलले सनराइज बैंकमा डिम्याट खाता भएका हितग्राही शेयरधनीहरुलाई डिम्याट खाता नविकरण गर्न आग्रह गरेको छ ।क्यापिटलले चालु आर्थिक बर्षकोे डिम्याट खाता संचालन गरे वापतको वार्षिक शुल्क वापत १ सय रुपैयाँ भुक्तानी गर्न शेयरधनीहरुलाई अनुरोध गरेको हो ।
सम्पूर्ण हितग्राहीहरुले असार मसान्तभित्रमा पाएक पर्ने सनराइज बैंकका शाखा कार्यालयहरुबाट उक्त रकम भुक्तानी गर्न आग्रह गरेको छ । बैंकले तोकिएको समयमा भुक्तानी नगरेको खण्डमा खाता रोक्का हुने बैंकले जनाएको छ ।