काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्रादेशिक कार्यालय धनगढीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक बीमित जगदिश कुमार भट्टको परिवारललाई उक्त बीमा दाबी भुक्तानी गरेको हो ।
कम्पनीले हालको अवस्थालाई मध्यनजर गर्दै धनगढी प्रादेशिक प्रमुख देश राम चौधरीले २ लाख रुपैयाँ तथा बोनस रकम नौ हजार ८ सय रुपैयाँ गरी जम्मा दाबी वापत २ लाख ९ हजार ८ सय रुपैयाँ मृतकको श्रीमती मन्जु कुमारी भट्टलाई प्रादेशिक कार्यालय धनगढीबाट हस्तान्तरण गरेको हो ।
मृतक भट्टको उपचारको क्रममा निधन भएको थियो ।