काठमाडौं । रास्ट्रिय स्तरको विकास बैंक ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैंकको यस अघिका सिईओ मनोज कुमार ज्ञवालीले दिइएको राजिनामा बैशाख १५ गते स्वीकृत भएपछि उक्त पद रिक्त रहँदै आएको थियो । संचालक समितिले भट्टलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका भट्टसँग इन्भेष्टमेन्ट बैंकमै सहायक महाप्रबन्धक , मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत, रेमिट टु नेपालको प्रमुख कार्यकारी अधिकृत र आइएमइ लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको कार्य अनुभव सहित २२ वर्ष बैंक तथा बीमा क्षेत्रमा कार्य गरेको अनुभव छ।
बैंकको संचालक समिति संग बिहिबार (आज ) सम्झौता भएको र श्रावण ७ गते देखि कार्यभार सम्हाल्ने नवनियुक्त सिईओ श्रीचन्द्र भट्टले इन्स्योरेन्स खबरलाई बताए।