काठमाडौं । नेपाल स्टक एक्सचेन्जले वोमी लघुवित्त वित्तीय संस्थाको धितोपत्र सूचीकरण स्थगन फुकुवा गरेको छ ।यसअघि शेयर दाखिला खारेज बन्द भई मूल्य समायोजन गर्दा कम्पनीले बोनस शेयर अनुपात अन्यथा उल्लेख गरी पठाएकोमा मूल्य समायोजन अस्पष्टता भएपछि स्थगन भएको थियो ।
साथै नेप्सेले यस्तो गल्ती नदोहराउन आग्रह गर्दै आगमी दिनमा यस्तो गल्ती दोहोरिएमा ऐन नियम अनुसार कारवाही गर्ने जनाएको छ ।